समाचार स्थानीय

मेल्लेख गाउँ कार्यपालिका काे बैठक सम्पन्न यस्ता छन निर्णयहरु

साउन २६
अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका काे बैठक बिहीबार सम्पन्न भएकाे छ ।

मेल्लेख गाउँपालिका का अध्यक्ष ज्वाला सिं साउँदकाे अध्यक्ष्ातामा भएकाे बैठकमा पालिका उपाध्यक्ष नृप बहादुर खड्का सयाैंजक रहने गरि ८ सदस्यीय अनुदान शिक्षक अध्ययन समिति गठन गरेकाे छ । उक्त समितिले शिक्षक विद्यार्थी अनुपात र आवश्याकता काे आधारमा शिक्षक ,अनुदान काेटा सिर्जना थप घट शैक्षिक समस्या र शैक्षिक गुणस्तर कायम काे लागि प्रतिबेदन तयार गरि पालिकामा पेस गर्ने जनाएको छ । यस्तै मेल्लेख गाउपालिका वडा न.७ नन्देगडा काे दुर्गादेवि प्राबिधिक बिद्यालय र शाेडषामा रहेकाे नन्देश्वरि प्राबिधिक विद्यालय मा शिक्षक काे लागि अनुदान माग र सिफारिस गर्ने ,कालिका मा बि हत्तिकाेटमा उच्च शिक्षा काे लागि अनुदान काेट सिर्जना गर्नु का साथै थप अावश्यक पहल गर्ने ,शिक्षा कार्याबिधि संसाेधन गर्ने ।यसै गरि मेल्लेख काे पर्यटन प्रबर्द्धन गर्न का लागि पर्यटन प्रबर्द्धन कार्याबिधि निर्माण गरिने ,बाझाे तथा उपयाेगमा नआएकाे कृषि याेग्य जग्गामा उत्पादन प्रबर्द्धन कार्यक्रम संचालन गर्ने ,प्रहरी चाैकि मेल्लेख लाई ईलाका प्रहरी कार्यालय काे लागि पहल गर्ने ,अपुग कर्मचारी व्यवस्थापन गरिने लगायतका निर्णय गरिएकाछन ।
बैठक काे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्ला गर्नु भएकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।