समाचार

मेल्लेख गाउँ  कार्यपालिका सदस्यले  पाउने १ महिनाकाे सेवा सुबिधा बाट निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

फागुन ३ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका सदस्य हरुले १ महिना बराबरको अफुले पाउने सेवा सुबिधा बाट  मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा निशुल्क एकीकृत  स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । जनताकै घरदैलोमा स्वास्थ्य सेवा दिने उदेश्यले मेल्लेख आधारभुत अस्पतालका मेडिकल अधिकृत एवम्  एम बि बिएस डाक्टर सहित, स्वास्थ्यकर्मीकाे टाेलि द्वारा मेल्लेखकाे  वडा बाट उपचारको लागि टाढा जान नसक्ने बिरामीको लागि प्रत्येक वडामा निशुल्क एकिकृत स्वास्थ्य शिविर संचालन गर्न लागिएको मेल्लेख गाउँपालिकाका प्रबक्ता प्रकाश बहादुर अधिकारीले जानकारी दुनु भएको छ ।
यस्तै  बिहीबार बसेकाे गाउँकार्यपालिका बैठकले यहि फागुन १२ गते गाउँ सभा गर्ने ,निर्णय पनि गरेकाे छ ।
यसैगरी साँफेबगर नगरपालिका वडा न.१ बैधनाथक्षेत्रमा यहि फागुन १० गते देखि २५ गते सम्म अयाेजना गरिने
काेटिहाेमकाे लागि मेल्लेख गाउँपालिकाले  ३ लाख सहयोग गर्ने जनाएको छ । बैठक मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदकाे  अध्यक्ष्यतामा सम्पन्न भएकाे हाे ।उपाध्यक्ष नृप बहादुर खड्का लगायत कार्यपालिका सदस्यहरु उपस्थिति रहेकाे बैठकको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।