समाचार

विद्यालय भर्ना अभियानलाई सफल पार्न मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि घरदैलोमा

संवाददाता
मेल्लेख, बैशाख २
विद्यालय भर्ना अभियानलाई सफल पार्न मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि घरदैलोमा पुुगेका छन्।
सबै वालवालिकालाई विद्यालयको पहुुँचमा पुुर्याेउन गाउँपालिकाका जनप्रतिनिधिले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन आफुहरुले पहल गर्ने बताएका हुन्।
आइतवारदेखी देशभर नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान सुरु भएको छ। सोही अभियानमा सबै वालवालिकालाई विद्यालयसम्म पुुर्याउने गाउँपालिकाको लक्ष्य राखेको छ।
“सबै वालवालिको विद्यालयमा सहभागिता, गुणस्तरीय  शिक्षा प्रतिबद्धताको शुनिश्चितता, बाल मैत्री कक्षाकोठा बिद्यालयको सान, शैक्षिक गुणस्तर सुधार मेल्लेखको अभियान” भन्ने मुल नाराका साथ गाउँपालिकाको षोडशा आधारभुुत बिद्यालयबाट भर्ना अभियान शुरु गरिएको छ।
विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने बिध्यालयमा समयमै भर्ना गर्न र नियमितरुपमा बिध्यालय पठाउन गाउँपालिकाका अध्यक्ष ज्वालासिं साउदले सबै अभिभावकलाई आग्रह गरे।
यस्तै सामुुदायीक विद्यालयप्रति अभिभावकको आर्कषण बढाउन मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना वालवालिकालाई अनिवार्य सामुुदायीक विद्यालयमा पढाउनुपर्ने नियम लागुु गरेका छन्।
सामुदायीक विद्यालयमा बालबालिकालाई पठाउन आफैबाट सुुरुवात गर्नुपर्ने भन्दै गाउँपालिकाका अध्यक्ष  साउद अग्रसर बनेका छन्।
उनले आफ्नो छोरा भिवाजंग साउदलाई  मेल्लेख गाउँपालिका ५ विन्धेवासीननीमा रहेको जनता नमुना प्राबिधिक बिद्यालयमा कक्षा २ मा भर्ना गरेका छन्।
अध्यक्ष साउदले यसअघि पनि अरुछोराछोरीलाई पनि सामुदायीक विद्यालयमा पढाउँदै आएको छन्।
सामुुदायीक विद्यालयको शैक्षिक सुुधारमा सबैले हातेमालो गरेर अगाडी बढेर सहयोग गर्न अध्यक्ष साउदले सबैलाई अनुुरोध गरे।
साथै जनप्रतिनिधि र सरकारी कर्मचारीले अनिवार्य सामुुदायीक विद्यालयमा वालवालिका पढाउन भने निर्देशन दिए।
गाउँपालिकाका गत वर्षको बार्षीक परिक्षा खराव आएको भन्दै वडा स्तरमा शैक्षिक सुुधारका लागि विभिन्न कार्यक्रम गर्ने गरिएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र जनप्रतिनिधि लगयातका बिचमा शैक्षिक सुुधारका लागि वडा नम्वर चारमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ। यो प्रयासले गाउँपालिकाका सामुुदायीक विद्यालयमा शैक्षिक सुुधार हुने अपेक्षा सबैले राखेका छन्।
विगतका वर्षमा मेल्ले गाउँपालिकाका सामुुदायीक विद्यालयमा पाठ्यपुस्तक समयमै पुुग्दैन थियो। यो वर्ष भने समयमै पाठ्यपुस्तक विद्यालयमा पुुगीसकेको गाउँपालिकाले जनाएको छ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।