समाचार

मेल्लेखमा दशै तिहारकाेे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असाेज २७

मेल्लेखमा पालिका स्तरीय दलित संजाल द्वारा आयोजित नेपालीहरुको महान चार्ड वडा दशै,तथा  शुभ दिपावलीकाे शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ ।

संजालका अध्यक्ष अम्मर लुहारकाे अध्यक्ष्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद र विशिष्ट अतिथि कार्यपालिका सदस्य चंङख्य आउजि रहेका थिए।

अध्यक्ष साउदले शुभकामना कार्यक्रममा  , बाेल्दै  दलित समुदायको संरक्षण र हक अधिकार प्राप्ति तथा दलित समुदायको समस्या समाधान र सीप प्रति जिम्मेवारी बनाउन र थप समस्य  समाधानको लागि मेल्लेख गाउपालिका प्रतिबद्ध रहेकाे बताएका छन ।

उहाँले दलित समुदायले मेल्लेखमा आगामी गर्ने क्रियाकलाप सहितको कार्ययोजना सहित पालिकामा पेश गर्न पनि आग्रह गर्नु भएको छ ।

 साथै दशै सभ्य मर्यादित रुपामा बनाउन पनि  पालिका बासिलाई शुभकामना दिनुभएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवाद केन्द्र प्रदेश कमिटी सदस्य टंका बिक नेकपा एमाले मेल्लेख संगठन कमिटी सचिव सुरेन्द्र साउद ,नेपाल काग्रेस वडा न. ८ वडा सभापति दिलिप सुनार वडा सदस्य चक्र बिक  दुर्गादेवी माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर बि क  संजालका निवर्तमान अध्यक्ष भ्वान सिह सार्की  समाजसेवी जाेगिन्द्र बिक ,लगायत स्थानीय दलित जनप्रतिनिधि ,दलित समुदायका अगुवा हरुकाे सहभागीता रहेकाे थियाे ।

संजालका उपाध्यक्ष पुरन बिक काे स्वागत मनतब्य बाट सुरुभएकाे कार्यक्रम संचालन सचिव मनाेज भुलले गर्नु भएकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।