समाचार स्वास्थ्य

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक तथा योजना निर्माण बैठक सम्पन्न

भाद्र १३ अछाम जिल्ला को मेल्लेख गाउपालिका मा वाक नेपाल को कोभिट १९ खोपको लागि समुदाय परिचालन परियोजना अन्तर्गत पालिका स्तरीय परिचयात्मक तथा योजना निर्माण बैठक सम्पन्न भएको छ ।
मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा को अध्यक्षतामा तामा भएको बैठका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद र बिशिस्ट अतिथि उपाध्यक्ष नृप बहादुर खड्का रहनु भएका थिए । अध्यक्ष साउदले काेभिट अझैपनि बढन सक्ने सम्भावना भएकोले सबैले खाेप अनिवार्य लागउनु पर्ने कसैले पनि खाेप लगाउन बाट बन्चित नहुन बताए
बैठकमा अछाम जिल्ला मा रहेका लक्ष्यित जनसंख्यालाई कोभिट १९ बिरुद्ध को खोप लगाउने ,कोभिट १९ बिरुद्धको खोपको पहुचमा नरहेका जनसंख्या पहिचान गरि खोप लगाउने र लगाउन सिफारिस गर्ने बिषयमा छलफल भएको छ । यस्तै समुदाय मा छुटेका नागरिकलाई कोभिट १९ बिरुद्धको खोप लगाउन उत्प्रेरित तथा जागरुक गर्ने उदेश्य का साथ बैठकमा छलफल भएको थियोे । साथै बैठक मा नयाँ जनप्रतिनिधि लाई वाम नेपाल र परियोजना को परिचय, वाक नेपालले हाल संचालन संचालन गरिरहेका परियोजना र परियोजनाको उदेश्य तथा कोभिट १९ खोपको लागि समुदाय परिचालन परियोजनाले अहिले सम्म गरेका कामहरु र आगामि दिनान गर्नुपर्ने क्रियाकलापहरु र परियाेजनाकाे बजेटकाे बारेमा वाक नेपालका लेखा तथा प्रशासन अधिकृत कृति कुमार खड्काले जानकारी गाराउनु भएको थियो ।बैठक मा मेल्लेख स्वास्थ्य शाखा बाट कोभिट बिरुद्ध को खोपको हालसम्मको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला जानकारी गराएका थिए । बैठकमा मेल्लेख गाउँपालिका वडा अन्तर्गत का वडा अध्यक्षहरु, स्वस्थ्य चौकि इन्चार्जहरु, वाक नेपालका एच आई भि ,टि भि परियोजनाका ल्याव ईन्चार्ज कृष्ण परियार सामाजिक परिचालक अप्सरा बोहरा लगायतको सहभागिता रहेको थियो।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।