समाचार स्थानीय स्वास्थ्य

मेल्लेखकाे आधारभुत अस्पतालमा आए एम बि बि एस डाक्टर

भादाै १२ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका काे चाैखुट्टे मा रहेकाे अाधारभुत अस्पतालमा एम बि बि एस डाक्टर अएपछि अाज कार्यक्रम का बिच स्वागत गरिएकाकाे छ। दुर्गम ठाउँमा डाक्टर खाेजे पनि अाउन नमान्ने डाक्टर काे अभाव रहेकाे अवस्थामा अछाम घर भएका डाक्टर निराजन स्वार काठमाडौं बाट अाए पछि मेल्लेख बासि निकै खुसि भएका छन । मेल्लेख काे दुर्गम क्षेत्र का नागरिक ले अब मेल्लेखकाे अाधारभुत अस्पताल बाट स्वास्थ्य सेवा पाउने अासामा छन । अब उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हटेकाे भनाइ छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्ष्ातामा डाक्टर काे स्वागत गरिएको थियो ।स्वागत कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले दक्ष स्वास्थ्य जनशक्ति सहित मेल्लेख बासिकाे नियमित स्वास्थ्य उपचारको लागि स्वास्थ्य मा अावश्यक स्राेत साधनको अभाव हुन नदिने बताएका छन । मेल्लेख बासिकाे जिउधनकाे सुरक्षा काे लागि अफु कहिले पछि नहट्ने पनि बताए । यस्तै मेल्लेख गाउपालिका वडा न.२ का वडा अध्यक्ष कुसल राज बुढाले अधारभुत अस्पतालबाट दुर्गम ठाउँ का जनता लाई प्रभावकारी स्वास्थ्य सुविधा दिन कुनै कुरामा कमि नहुने गरि सराेकारबाला प्रतिबद्ध हुनुपर्ने बताएका छन । यस्तै मेल्लेख गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा ले डाक्टर लाई नियुक्ति पत्र हातामा दिदै सिमित स्राेत साधन काे प्रयोग बाट पनि मेल्लेखका नागरिक हरुका लागि स्वास्थ समस्या मा पर्न नदिन र असाय,विपन्न परिवार का लागि घरघर मा गएर स्वास्थ्य सेवा दिनुपर्ने बताएका छन ।मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला काे स्वागत बाट सुरु भएकाे स्वागत कार्यक्रम काे संचालन हेल्थ असिस्टेन् बिरेन्द्र शाहले गर्नु भएकाे थियोे। स्वागत कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष दिल बहादुर धामी ३ का वडा अध्यक्ष नाैले रावल ईन्जिनियर खडक धामि लगायत स्वास्थ्य सराेकारबाला काे सहभािता रहेकाे थियोे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।