समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा न्यायिक इजलास उद्घाटन

असार १९ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा न्यायिक इजलासकाे उद्घाटन गरेकाे छ । घरको समस्या घरमै,गाउँको समस्या गाउँमै बिना झन्झट र रुपियाँ पैसा खर्च नगरी समाधान खोज्न उदेश्यले स्थानीय तहमा न्यायिक समितिले इजलास  अभ्यास सुरू गरिए संगै इजलास उद्घाटन गरिएको हाे ।     इजलास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएकाे थियो ।

विवादका दुवै पक्षलाई जित–जितको महसुस हुने गरी समाधान खोज्न स्थानीय सरकारलाई न्यायिक अधिकार दिएकाले सोही अनुसार स्थानीय तहमा न्यायिक समिति मार्फत मेल्लेखका जनता लाई निष्पक्ष न्याय दिन  इजलास अभ्यासको सुरूआत गरिएको अध्यक्ष साउदले बताएका छन ।
साेहि अनुसार मेल्लेख गाउपालिकामा न्यायिक इजलास सुरू गरिएको उहाँको भनाइ छ । मेल्लेख गाउँपालिकाले नेपालको संविधानको भाग १७ को धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न उपाध्यक्षकाे संयोजकत्वमा गठन भएको तीन सदस्यीय न्यायिक समितिले स्थानीय तहमा नै इजलास अभ्यास सुरू गरेको जनाएको छ ।

सुरु भएको इजलासमा मेल्लेख गाउपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नृप बहादुर खड्काले ले मेल्लेखवासीलाई  न्याय दिलाउन न्यायिक अधिकार भित्र रहि  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँधसिमाना, विवादजस्ता मुद्दाको टुङ्गो लगाउने क्षेत्राधिकार रहेको उपाध्यक्ष खड्काले जानकारी दिनु भएको छ ।

न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यहरूले सामूहिक रूपमा गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

मेल्लेख गाउँपालिका न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने भएकाले सोही अनुसारको अभ्यास थालेको। उपाध्यक्ष खड्का काे भनाइ छ ।न्यायिक इजलास उद्घाटनमा  मेल्लेख गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष हरु बिषयगत शाखा  प्रमुखहरु प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा ,प्रशासकीय अधिकृत संगिता ताम्राकार लागायतकाे सहभागिता रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।