समाचार

विवाह गर्न वडाको सिफारिस अनिवार्य

मेल्लेख, फागुन १४
अछामको  गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न फागुन महिना देखि  यस्तो नियम बनाइएको हो । पालिकाका ८ वटै वडा कार्यालय मार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बालविवाह रोक्न पालिका विभिन्न संघसंस्थाले जनचेतना अभिवृद्धि लगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न नसकेपछि वडाको सिफारिस बाध्य गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँघरमा १६–१८ वर्षको उमेरमा बिहे गर्ने क्रम राेकिएकाे  छैन । बिहे गरे पनि दर्ताका लागि वडामा नआउने गरेको पाइयो । कम उमेरमा गरिने बिहे रोक्न सिफारिस अनिवार्य गरिएको हो ।  बालबिबाह न्युनिकरण तथा राेक्नकाे लागि बाल बिबाह अन्त्यका लागि मेल्लेख गाउँपालिका र आस्था नेपालकाे प्राबिधिक सहयोगमा  रणनीतिक याेजना २०८० पनि  पारित भैसकेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले  बताउनुभएको छ। मेल्लेख गाउँपालिकाले वडा न.३ ठाटिलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरि सकेको छ भने वडा न.७ नन्देगडा लगायतको वडा घाेषणाकाे लागि तयारीमा विभिन्न क्रियाकलाप अघि बढाई रहेकाे छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।